तीन वडामा देउसीभैलो खेल्न निषेध
धनगढी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाका तीन वटा वडामा देउसीभैलो खेल्न प्रतिबन्ध लगाइएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३, १४ र १९ को मंगलबार बसेको सर्वदलीय बैठकले तिहारमा देउसीभैलो खेल्न निषेध गरिएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष मुरारी अधिकारीले सूचना जारी गर्दै विवाह, व्रतबन्ध, जन्मदिन जस्ता कार्यक्रममा पनि भिडभाड तथा तडकभडक नगर्न वडाबासीलाई अनुरोध गरे ।




