७ कार्तिक २०८१, बुधबार

नौ वटै जिल्लामा आइसियु स्थापना हुदै



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) स्थापना गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुराको डडेल्धुरा जिल्ला, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा तथा डोटीको जिल्ला अस्पतालमा दुईरदुई शैयाका गरी २० शैयाका सघन उपचार कक्ष स्थापनाको तयारी भएको छ ।
डोटी जिल्लामा सघन उपचार कक्षका सबै सामग्री पुगिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, ‘सघन उपचार कक्ष स्थापनाका लागि सबै उपकरण आइसकेको छ, केही भित्रमै सबै जडान कार्य सम्पन्न हुने छ ।’
इहा“का पहाडी जिल्लामा सघन उपचार कक्ष नहु“दा यहा“ उपचार गर्न सकिने बिरामीलाई विगतदेखि तराईका जिल्लामा रेफर गर्नुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारको पहलमा सबै जिल्लाका जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्न लागिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
यहा“का डोटीसहित अन्य केही जिल्लामा सघन उपचार कक्ष जडानको कार्य शुरु भइसकेको छ भने केही जिल्ला अस्पतालमा प्राविधिक तयारीपछि जडानको काम हुने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका अस्पतालमा पहिलो पटक सघन उपचार कक्ष जडान हुन थालेपछि यहा“का स्थानीयवासी निकै खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार