३ जेष्ठ २०८१, बिहीबार

द्वन्द्वपीडित बने उद्यमी



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाहरु नेपाली कागज उत्पादनमा जुटेका छन् ।

महिलाहरुले केराको थामबाट नेपाली कागज निर्माण थालेका छन् । द्वन्द्व प्रभावित महिलाले समूहमार्फत कागज निर्माण थालेका छन् । टीकापुरमा ३९ सदस्यीय द्वन्द्वपीडित महिला सञ्जाल निर्माण गरिएको छ । सञ्जालले घाइते तथा अन्य काम गर्न नसक्ने १० जना महिलालाई उद्योगमा रोजगार दिएको छ ।
आम्वासाकी कृष्णादेवी चौधरी अहिले घरबाटै नेपाली कागजको खाम बेच्छिन् । गाउ“मै पाइने केराको थामबाट नेपाली कागज उत्पादन गरी खाम तयार गरेर उनले घरबाटै बेच्न थालेकी छिन् । ‘हामी १० जना महिला काम गर्छौ“ । अन्य व्यवस्थापनको काम सञ्जालले गर्छ’, कृष्णादेवीले भनिन्, ‘बजारको चिन्ता छैन, खाम र कागज नै किन्नेहरु घरै पुग्छन्, अन्य ठाउ“बाट पनि माग आउन थालेको छ ।’
कागज बनाउन गाउ“ घरमा सहजरुपमा पाइने केराको थाम, बावियो र लोक्ताको प्रयोग गरिन्छ । प्रशोधनसहित महिलाले गाउ“मै नेपाली कागज उत्पादन गरिरहेका छन् । अन्य रोजगार गर्न नसक्ने घाइते महिलाले सामूहिक रुपमा नेपाली कागज उत्पादन गर्ने कार्य गरिरहेका द्वन्द्व पीडित महिला आशा चौधरी बताउ“छिन् ।
‘महिलाले उत्पादन गरेको कागज र खामले बजार सहज पाइरहेको छ’, चौधरी भन्छिन्, ‘कैलालीका धेरैजसो सरकारी कार्यालयले यहीबाट कागज र खाम खरिद गरिदिन थालेका छन् । कागजको बजार खोज्न तनाव छैन ।’ टीकापुर नगरपालिकाले प्रभावित महिलाका लागि पा“च लाख सहयोग गरेपछि उनीहरुले उद्योग खोलेका हुन् । महिलाले विसं २०७६ वैशाख १० गतेबाट तालिमपछि उद्योग सञ्चालन गरेका हुन् । नगरपालिकाले महिलाले व्यवसाय सञ्चालन गरेकाले थप सहयोग गर्ने बताएको छ ।
‘उहा“हरुले राम्रो काम गर्नुभएको छ । हामी थप मेसिन आवश्यक भए सहयोग गर्नेछौ“’, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘उत्पादित कागजको बजारीकरणका लागि पनि हामी सहयोग गर्नेछौ“ ।’ उद्योगमा आवद्ध महिलाले यसरी गाउ“मै काम गर्न पाउ“दा घर खर्च चलाउन सहज हुने बताएका छन् । स्थानीय स्रोत साधनको प्रयोग हुने, गाउ“घरमा स्वरोजगारको अवसर प्राप्त हुने भएकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न उद्योगले सहयोग पुगाएको स्थानीय गणेश क्षेत्री बताउ“छन् ।
‘केराको उत्पादन लिएपछि विकारको रुपमा केराको थामलाई फाल्ने गरिन्छ । तर त्यही केराको थामलाई प्रयोग गरी आम्वासका महिला आम्दानीको स्रोतको रुपमा विकास गर्दै गएका छन’, क्षेत्री भन्छन्, ‘बहुउपयोगी केरा खेतीलाई यसले प्रवद्र्धन गर्छ । महिलालाई आर्थिक रुपमा बलियो बनाउन सघाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार