२८ पुष २०८१, आईतवार

कोरोना परीक्षण बढेन



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू विस्तार भए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन । प्रदेशमा कैलाली, डडेल्धुरा, डोटी, बैतडी र बझाङ गरी पा“च स्थानमा परीक्षण प्रयोगशाला विस्तार गरिएका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी प्रदेशका पाँच वटै प्रयोगशालामा गरी पछिल्लो २८ दिनयता सबैभन्दा बढी गत असोज ४ गते कोरोना नमुना परीक्षण भएको थियो । सो दिन सुदूरपश्चिम प्रदेशमा नौ सय ९४ नमुना परीक्षण भएकोका थिए । सो दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चैत २० गते, डडेल्धुरामा असार १८ गते, डोटीमा भदौ २ गते, बैतडीमा असोज १ गते र बझाङमा असोज ८ गतेदेखि पिसिआर परीक्षण शुरु गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशमा दैनिक छ हजार नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । उनले भने– प्रदेशका पा“च वटा र अन्य प्रयोगशालामा गरि छ हजारको नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको छ । तर, अहिले दैनिक एक हजार पनि नमुना परीक्षण हुन सकेका छैन ।
उनले स्थानीय तहहरूले नमुना संकलन गर्न नसक्दा परीक्षणको दायरा बढ्न नसकेको बताए ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने– निर्देशनालयले आवश्यकता अनुसार प्रयोगशालाहरू स्थापना गरिरहेको छ । अब केही दिनमै अछाममा पनि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा आउने छ ।
उनले क्वारेन्टाइनमा रहेका र कोरोना संक्रमितको सम्पर्कमा आएका शंकास्पद व्यक्तिहरूको नमुना संकलन गर्ने जिम्मेवारी सम्बन्धीत स्थानीय तहको रहेको बताए ।
सुदूरपश्चिम प्रदेशमा भदौ १६ गतेदेखि असोज १३ गते (२८ दिन) सम्म १७ हजार दुई सय सात जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेशको सेती प्रादेशिक अस्पतालमा ४३ हजार नौ सय आठ, डडेल्धुरा अस्पतालमा १७ हजार २९, डोटी अस्पतालमा चार हजार एक सय ९९, बैतडी अस्पतालमा चार सय ४५, बझाङ अस्पतालमा सात सय ५९ नमुना परीक्षण भएका छन् भने राष्ट्रिय प्रयोगशालामा १६ हजार तीन सय १८ र अन्यमा एक सय ८४ गरि हालसम्म ८२ हजार आठ सय ४२ नमुना परीक्षण भएको जनाइएको छ ।
प्रदेशको सेती प्रादेशिक अस्पतालमा सात सय ५४, डडेल्धुरामा एक सय चार, डोटीमा ७२, बैतडीमा १०, बझाङमा एक सय स्वाव नमुना परीक्षण हुन बा“की रहेको जनाइएको छ । प्रदेशमा हालसम्म सेती प्रादेशिक अस्पतालमा दुई हजार सात सय ६५, डडेल्धुरामा आठ सय ७१, डोटीमा तीन सय ९६, बैतडीमा १२, बझाङमा ६२ जनामा कोरोना पुष्टि भएको छ भने राष्ट्रिय प्रयोगशालामा दुई हजार नौ सय ८४ र अन्यमा २८ गरी सात हजार एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

एक हजार बढी क्वारेन्टीनमा

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गरी हाल एक हजार बढी व्यक्तिहरू क्वारेन्टीनमा रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा चार सय ८० महिला र एक हजार दुई सय ५८ पुरुष गरी एक हजार सात सय ३८ जना क्वारेन्टीनमा रहेका छन् ।
प्रदेशमा सबैभन्दा बढी अछाममा क्वारेन्टीनमा रहेका छन् भने दुई जिल्लामा क्वारेन्टीनमा बस्नेको संख्या छैन । प्रदेशको अछाममा एक सय ९१ महिला र चार सय आठ पुरुष गरी पा“च सय ९९, बझाङमा एक सय ८१ महिला र तीन सय ७४ पुरुष गरी पा“च सय ५५, डोटीमा ४७ महिला र एक सय ७१ पुरुष गरी दुई सय १८ जना क्वारेन्टीनमा रहेका छन् ।
त्यस्तै, कञ्चनपुरमा ३१ महिला र एक सय तीन पुरुष गरी एक सय ३४, कैलालीमा १२ महिला र ८० पुरुष गरी ९२, बैतडीमा १४ महिला र ८० पुरुष गरी ९४ जना क्वारेन्टीनमा रहेका छन् भने दार्चुलामा चार महिला र ४२ पुरुष गरी ४६ जना रहेका छन् ।

छ हजार बढी निको भए

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५१ जना निको भएर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार सेती प्रादेशिक अस्पतालबाट दुई, कञ्चनपुरबाट एक, अछामबाट ४५ र डोटीबाट तीन गरी ५१ जना निको भएर घर फर्केका हुन । योसंगै प्रदेशमा कोरोनाबाट निको भएर घर फकर्नेको संख्या छ हजार एक सय एक पुगेको छ ।

थप ३२ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, बैतडी र डडेल्धुरामा गरिएको परिक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको २ सय ६१ जनाको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका १३, लम्किचुहा नगरपालिकाका ३, मोहन्याल जानकी गाउँपालिकाका १÷१ जना तथा गोदावरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
मंगलबार नै कञ्चनपुरको पुनर्वास नगरपालिकाका २, वेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफँटा नगरपालिकाका १÷१ र डोटीको केआई सिंह गाउँपालिकाका १ जना तथा ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
मंगलबार नै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ७२ जनाको स्वाव परिक्षणमा अजयमेरु गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका ल्याव इन्चार्ज जिनी गणेजुले बताए ।
बैतडी अस्पतालमा गरिएको परिक्षणमा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका २ र दशरथचन्द नगरपालिकाका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी र मेलौली नगरपालिका–८ घर भएका एक ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय एक पुरुष रहेका छन् ।

थप नौ जना निको भए

सुदूरपश्चिम प्रदेशमा मंगलबार थप नौ जना निको भएर घर फर्केका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालबाट एक, दार्चुलाबाट दुई, डोटीबाट एक र टीकापुरबाट तीन गरी नौ जना निको भएर घर फर्केका हुन । योसंगै प्रदेशमा कोरोनाबाट निको भएर घर फकर्नेको संख्या छ हजार एक सय १० पुगेको छ ।

बढ्यो सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा मंगलबार ३२ जना थपिएसंगै सक्रिय संक्रमितको दर पनि बढेको छ ।
सोमबार एक हजार दुई सक्रिय संक्रमित रहेको प्रदेशमा मंगलबार सक्रिय संक्रमितको संख्या एक हजार २४ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा सात हजार एक सय ५० कोरोना संक्रमित मध्ये एक हजार २४ सक्रिय संक्रमित रहेको जनाएको छ ।
निर्देशनालयका अनुसार सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा रहेका छन । कैलालीमा पाच सय एक, डोटीमा एक सय ३६, अछाममा ९७, बझाङमा एक सय १७, बैतडीमा ८४, कञ्चनपुरमा ४७, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।
निर्देशनालयका अनुसार बाजुरा जिल्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको जनाइएको छ ।
प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । निर्देशनालयका अनुसार कैलालीमा आठ, अछाम, बझाङ, बाजुरामा दुई÷दुई, बैतडी र डडेल्धुरामा एक÷एक जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार