७ कार्तिक २०८१, बुधबार

निर्मला बलात्कार तथा हत्या घटनाः डिआइजीद्वयलाई छानबिनको जिम्मेवारी



धनगढी । भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे दुई वर्षपछि पुनः छानबिन अगाडी बढ्ने भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले निर्मला बलात्कार तथा हत्या घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदी र सीआईबीका डीआईजी सहकुल थापालाई निर्देशन दिएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्ने जनाइएको छ ।

दुई वर्ष पहिले साउन १० गते हत्या गरिएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार