५ कार्तिक २०८१, सोमबार

नगरपालिकाको गाडीमा आगजनी



धनगढी । कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको स्कारपियो गाडिमा रातिको समयमा अज्ञात समुहद्बारा आगजनी गरिएको हो ।

घरको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा अज्ञात समुहद्बारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उक्त गाडी उपप्रमुखले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ ।

साथै संगै नगरप्रमुख चढ्ने गाडी रहेपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडि क्षति हुनबाट जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार