७ कार्तिक २०८१, बुधबार

सुदूरपश्चिममा १९ जना कोरोना संक्रमित थपिए



धनगढी । पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ११ जनामा कोरोना संक्रमण पुष्टी भएके छ ।

डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा शनिबार डोटीका सात, डडेल्धुरा र बझाङका दुई/दुई जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

धनगढी उपमहानगरपालिकामा सात जनामा कोरोना संक्रमणा पुष्टि भएको छ भने पुनर्वास नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा धनगढीका चार महिला र तीन पुरूष तथा पुनर्वासकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

धनगढी र डडेल्धुरा प्रयोगशाला गरी शनिबार सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८ पुगेको छ । प्रदेशका कुल संक्रमित चार हजार २८ जना मध्ये एक हजार ६ सय ७० सय डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ५४, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार