७ कार्तिक २०८१, बुधबार

बाख्रापालक कृषकलाइ डालेघाँसका बिरुवा बितरण



डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका –७ पोेखरी र दिपायल सिलगढी नगरपालिका –८ लडागडा का एक सय जना बाख्रापालक कृषकहल्रुलाइ डालेघाँस र भुईघाँसका बिरुवाहरु बितरण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा, सामुदायिक बिकास मञ्च नेपालद्धारा संचालित भइरहेको सामुदायिक बिकास परियोजना मार्फत लहरेपिपल, कोइराल, इपिलइपिल, चिउरी, किमु लगायतका ९ सय भन्दा बढी बिरुवाहरु बितरण गरिएको छ ।

सामुदायिक बिकास मञ्च डोटीका अध्यक्ष खडकराज शर्माका अनुसार ब्यवसायीक रुपमा बाख«ापालन गरिरहेका किसानहरुलाइ बाख्राको आहारा ब्यबस्थापनका लागि मद्दत पुर्याउने उद्देश्यले बिरुवाहरु बितरण गरिएको हो । सँस्थाले सामुदायिक बिकास परियोजना मार्फत सहकारीहरुको क्षमता बिकास तथा सामाग्री सहयोग, सहकारीका सदस्यहरुको जिविकोपार्जनका लागि घुम्तीकोष सहयोग गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार