७ पुष २०८२, सोमबार

ठगि गरेको आरोपमा दुई पक्राउ



धनगढी । कैलाली प्रहरीले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले दार्चुला लेकम गाउँपालिका वडा नम्बर १ बस्ने ३२ वर्षिय पदमराज भट्ट र डोटी आर्दश गाउँपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षिय सन्जा कुमारी कठायत रोकायालाई पक्राउ गरेको जनाएको छ ।

टिकापुर नगरपालीका वडा नम्बर १ बस्ने ४४ वर्षीया एक महिलालाई आफ्नो वुवाआमा भुकम्पमा मृत्यु भएको र आफू नेपाल बैंक लिमिटेडको शाखा अधिकृत रहेको र धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा बस्छु भन्दै उनीहरुले ऋण पास गरिदिने भन्दै ठगी गरेका थिए ।

कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टका अनुसार पीडित महिलालाई १० लाख रुपैया दिएमा तीन करोड ५० लाख रुपैयाको ऋण पास गरी दिने आश्वासन दिई दश लाख रुपैयाँ असुल गरेका थिए । उनीहरुले थप दुई लाख रुपैयाँ माग गरेपछि ती महिलाले प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन ।

महिलाले उजुरी गरेपछि प्रहरीले खोजतलास गर्दै जाँदा पदमराज र सन्जालाई डोटीको पिपल्लाबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पदमको साथबाट नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरेको प्रवक्ता विष्टले बताए ।

उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको जनाइएको छ ।

पदमले आमा, वुवा भुकम्पमा परी मरेका र बैंकको शाखा प्रबन्धक हु भनी विभिन्न किसिमको जागिर लगाई दिने भन्दै फेसबुक, फोन मार्फत परिचय गरी ठगी गर्ने गरेको पाइएको प्रहरी प्रवक्ता विष्टले बताए । उनले भने ‘पदम यस अघि पनि अपहरण तथा जबरजस्ती चोरीमा समेत मुद्दामा पुर्पक्षका लागी कारागार गएपछि धरौटी तारेखमा छुटेका व्यक्ति हुन ।’

उनले उनीहरुले अन्य व्यक्तीहरुलाई समेत ठगी गरेको हुन सक्ने भएको हुँदा पहिचान भएका व्यक्तिलाई कार्यालयमा सम्पर्क राख्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार