डडेल्धुरामा मापसे गरी झडप : एक बालकको मृत्यु, ४ जना पक्राउ
डडेल्धुरा । डडेल्धुरामा मापसे गरी दुई गाउँका बिच झडप हुदाँ एक बालकको मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँपालिका- ६ बस्ने गणेश महराका छोरा ८ बर्षीय शिद्धार्थ भनीने हिमान्सु महराको मुत्यु भएको हो ।
खानेपानीको विवादले उग्ररुप लिएपछि मादक पदार्थ सेवन गरेका भौना र झरकाडा गाउँका ४ जना बिच भएको कुटाकुटमा बालकको मुत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
शुक्रबार राती करिब ९ बजे भएको झडपमा बालक घाईते भएपछि उपचारको लागि राती नै धनगढी लगिएको थियो ।
उनको शनिबार बिहान उपचारका क्रममा धनगढीमा मुत्यु भएको हो । बालकको मृत्यु भएको घटना प्रहरीलाई पुगेपछि बिहानै दुई वटै गाउँका घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले बताए।