आइसियुमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौं । भरतपुर अस्पतालको कोभिड आइसियुमा राखी उपचार गरिएका एक कोरोना संक्रमितको मृत्यु भएको छ।
भरतपुर नगरपालिका- ११ का ६८ वर्षीय पुरुष गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचाररत थिए। अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उनमा कोरोना पोजेटिभ देखिएपछि जेष्ठ २६ गते बेलुका ७ बजे भरतपुर अस्पतालको कोभिड आइसियुमा राखी उपचार गरिएको थियो।
उनमा सुगर र प्रेसरको समस्या पहिलेदेखि रहेको बताइएको छ। मृतकको शव व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढेको अधिकारीले बताए।
योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ पुगेको छ।