६ पुष २०८२, आईतवार

थप एकजना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १४ पुग्यो



काठमाडाैं । थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका एक पुरुषको मृत्यु भएको हो।

‘गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ’, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा विनोद बिन्दु शर्माद्वार जारी सूचनामा भनिएको छ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार