२७ पुष २०८१, शनिबार

कोरोना अस्पतालबाट सेवा प्रवाह सुरु



धनगढी । धनगढीमा निर्माण भएको कोरोना अस्पतालबाट सेवा प्रवाह गर्न सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा स्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पतालबाट बिहीबारदेखि सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालले विज्ञप्ति जारी गर्दै विद्युत थ्री फेज लाईन, जेनेरेटर, खानेपानी, भेन्टिलेटरसहित पाँच शय्याको आईसियू, अक्सिजन सप्लाई, सिसी टिभीलगायतका आवश्यक पूर्वाधार उपकरण जडान गर्दै सेवा सञ्चालन गरिएको जनाएको हो।

प्रदेश सरकारले ५० शय्याको आईसोलेसन वार्डसहितको कोरोना अस्पताल भवन निर्माण गरेको थियो। ५० शय्याको भनिएपनि अस्पतालमा ४० जना मात्र बिरामी राख्न मिल्ने बताइएको छ। 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना अस्पताल सञ्चालन भएसँगै आईसोलेसनबाट वार्डबाट संक्रमितलाई सार्ने काम भइरहेको जानकारी दिए।

तस्विरः सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य मनाेज राइकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार