२ कार्तिक २०८१, शुक्रबार

कैलालीमा दैनिक बिहान ११ बजेसम्म बजार खुल्ने



धनगढी । कैलालीमा दैनिक बिहान ११ बजेसम्म बजार व्यवसाय सञ्चालन हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजे सम्म सबै खालका व्यापार व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको हो ।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले संघीय सरकारबाट लकडाउनमा व्यापार सञ्चालन गर्ने कुनै निर्देशन नआएकाले बिहान ११ बजे सम्म बजार पूर्ण रुपमा सञ्चालन गर्ने मौखिक सहमति भएको बताए ।

प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय  सञ्चालन गर्ने सहमति गरेको उनले जानकारी दिए । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि मौखिक सहमती भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार