१५ कार्तिक २०८१, बिहीबार

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै



धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार मात्र प्रदेशमा थप २७ जना नयाँ संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा अछामको चौरपाटी र मंगलसेनका नौ जना, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलाली र कञ्चनपुरका १८ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कैलालीको टीकापुर, धनगढी र गौरिगंगा नगरपालिका १० र कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझा“डी गाउ“पालिकाका आठ जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिनमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिनमा रहेका ३२ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउ“पालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
अछाममा थप नौ जनामा कोरोना पुष्टि भएको छ । यो स“गै अछाममा कोरोना पुष्टि हुने हुनेको सख्या ११ पुगेको छ । थप दुई जनाको धनगढीमा उपचार भईरहेको छ ।
मंगलबार मेल्लेख गाउ“पालिका वडा नम्वर ४ कुष्कोटका दुई वटा क्वारेन्टाईमा रहेका आठ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कोरोना पुष्टि हुनेमा अन्य ७ जना पुरुष रहेका छन् । २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष रहेका छन् । उनीहरु सवै भारतबाट ९ गते कुष्कोट पुगेका थिए ।
यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनिहरु सवैको सुर्खेत प्रयोगशालामा स्वाव परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । सोमबार मात्रै चौरपाटी गाउ“पालिका वडा नम्वर २ सोकटमा दुई जनामा कोरोना पुष्टि भएको थियो ।
एक जनाको धनगढी प्रयोगशाला र एक जनाको सुर्खेत प्रयोगशाला परीक्षण गरिएको थियो ।
सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन् ।
सबैभन्दा बढि कैलालीका ३३ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका पा“च, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । डोटी र बैतडीका चार÷चार र अछामका दुई जनाको सेती अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार