५ कार्तिक २०८१, सोमबार

प्रदेश सभा बैठकमा किन कडकिए सांसद सोडारी




धनगढी, जेठ १३ गते । पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवादित क्षेत्र हुदै होइन भन्ने जिकिर गरेका छन् ।

मंगलबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा बोल्ने क्रममा ‘विवादित भूमि’ भन्ने शब्द प्रयोग गरेपछि प्रदेश सभा सदस्य सोडारीले आपत्ति जनाउदै सो जिकिर गरेका हुन ।

प्रदेश सभा सदस्य सोडारीले नेपालको नक्सामा समेटिएको भूमि विवादित नभइ भारतले जबरजस्ती कब्जा गरेको भूमि रहेको उल्लेख गर्दै मन्त्रीले बोले सो शब्दलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।

सभामुख अर्जनबहादुर थापाले सोडारीको माग वमोजिम ‘विवादित’ भन्ने शब्दलाई रेकर्डबाट हटाउन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार