८ पुष २०८२, मंगलवार

सीमामा अलपत्र नेपालीलाई पानी र चाउचाउ



धनगढी । भारतका विभिन्न स्थानबाट पलिय हुँदै गौरिफण्टा नाका पुगेर विचल्लीमा परेका नेपाली नागरिकलाई कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष र सदस्यले राहत वितरण गरेका छन् ।

सीमामा सयौं नेपालीको विचल्ली परेको जानकारी आएपछि तत्कालका लागि २० पेटी चाउचाउ र २० पेटी पानी सहयोग गरिएको व्यवसायी तथा कैलाली उद्योग वाणिजय संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

अध्यक्ष कुँवर र कैलाली उद्योग वाणिज्य संघका सदस्य महेन्द्र बहादुर सिंहले तत्कालिन राहत सामाग्री उपलब्ध गराएका हुन् । सीमामा रहेका नेपालीको अवस्था दयनिय रहेको बताउँदै अध्यक्ष कुँवरले तत्काल उनिहरुको उद्धार गर्न तीन वटै सरकार संग आग्रह गरेका छन् ।

‘सीमामा अलपत्र पर्दा कोरोनाको जोखिम संगै उनिहरुको मानसिक अवस्था कम्जोर बनेको छ’ अध्यक्ष कुँवरले भने–‘त्यसले उनिहरुको तत्कालै उद्धार गरी सुरक्षको प्रत्याभूती दिलाउन तीन वटै सरारका संग आग्रह गर्दछौं ।’

सरकारले सीमाा अलपत्र परेका नागरिक का लागि राहत उपलब्ध गराउन निजी क्षत्र संग आग्रह गरेमा आफुहर उनिहरुलाइ राहत वितरण गर्न तयार रहेको उद्योग वाणिजय संघका सदस्य महेन्द्र बहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार