हप्तौको हण्डरपछि स्वदेश टेक्न पाएका सुदूरपश्चिमेलीको आक्रोस : “प्रदेश सरकार महसुस भएन”
धनगढी । भोकप्यास सह“दै हप्तौसम्मको पैदल यात्रा । कहिले भारतका क्वारेन्टाइनबाट लखेटिएर खुला आकाशमुनि अलपत्र परेको पीडा, कहिले भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपर्ने बाध्यता । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशको राजधानी लखनउ सहित विभिन्न शहरबाट घर फर्किएका सुदूरपश्चिमेलीहरूले बल्लतल्ल ४९ दिनपछि धनगढीको त्रिनगर नाकाह“ुदै स्वदेशको माटोमा पाइला टेक्न पाए । हप्तौंसम्मको सास्तीपछि बल्लतल्ल स्वदेशको धर्ती टेकेका उनीहरू सबै निकै खुसी देखिन्थे । तर संगसंगै आक्रोसमिश्रित गुनासो पनि थियो । उनीहरूले एकै स्वरमा भने– सुदूरपश्चिम प्रदेश सरकार हाम्रा लागि रहेनछ ।
सिमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका पौने चार सय नेपाली नागरिक शुक्रबार त्रिनगर नाका हु“दै धनगढी प्रवेश गरेका थिए । त्यस्तै, शनिबार तथा आइतबार पनि भारतका विभिन्न ठाउ“मा अलपत्र परेका नेपालीहरू स्वदेश आइपुगेका थिए । आफ्नो देश आइपुग्न पाएकोमा निकै प्रसन्न देखिएका उनीहरूको प्रदेश सरकारप्रतिको आक्रोस बोली र व्यवहारमा देखिन्थ्यो । हप्तौसम्म भारतीय क्वारेन्टाइनमा बसेका उनीहरूले भने– हाम्रा मुख्यमन्त्री, मन्त्री, सांसदहरूले हाम्रो अवस्थाबारे अलिकति पनि जानकारी लिने प्रयाससमेत गरेनन् ।
‘हामीहरू नेपाल प्रवेश गर्नै लाग्दा आउन दिइएन । तर, हामीहरूलाई सिमानाबाट फिर्ता गरेर पलिया (भारत) को क्वारेन्टाईनमा ४८ दिन बसालियौं’ कैलाली गोदावरी नगरपालिकाका गोविन्द थापाले भने– बल्लतल्ल सात हप्तापछि आफ्नो देश आयौं, तर हाम्रा मुख्यमन्त्री, मन्त्रीहरूलाई हाम्रा बारेमा चासो लिने फुर्सद नै भएन छ ।
भारतका विभिन्न शहरबाट शुक्रबारदेखि त्रिनगर नाकाह“ुदै फर्किएका नेपाली नागरिकहरूको व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा सिमानाका पुगेका थिए । नेपाल फर्किएका नेपालीहरूले नगर प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले आफुहरूलाई भेटेर नेपाल (धनगढी) का क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको बताए ।
गोदावरीका गोविन्द जस्तै शनिबार र आइतबार भारतबाट त्रिनगर भन्सार नाका भएर नेपाल भित्रिएका प्रायःको यस्तै गुनासो छ । “निकै दुःखकष्ट गरि नेपाली सिमामा आइपुग्यो, तर लामो समयसम्म् आउन पाइएन” कैलाली चुरे गाउपालिकाका टेकबहादुर सिंहले अनुमोदनसंग भने– धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरूले हाम्रो स्वास्थ्य चेकजा“च गरेर अत्तरिया पठाए, अहिले तेघरीको क्वारेन्टाईनमा बसेको छु ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आफुहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन व्यस्त रहेको बताए । मन्त्री सुवेदीले भने– हामी जान नपाए पनि नेपाल भित्रिनु भएका नेपालीहरुको स्वास्थ्य चेकजा“चमा स्वास्थ्यकर्मीले सहयोग गरेका थिए ।
धनगढी उपमहानगर प्रमुख वडले कैलालीका प्रमुख जिल्ला अधिकारी सहित आफ्रहरु दुई दिनदेखि त्रिनगर भन्सार नाका हु“दै नेपाल भित्रिएका नेपालीहरूको स्वास्थ्य परिक्षण, क्वारेन्टाईन र सम्वन्धीत स्थानीय तह तथा जिल्लामा पठाउन खटिरहेको बताए । उनले भने–हामीले भारतबाट नेपाल आइपुग्नु भएका नेपाली नागरिकहरूको स्वास्थ्य परिक्षण पछि धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस र नवदुर्गा माविमा क्वारेन्टाईन राखिएको बताए ।
नगर प्रमुख वडले पनि अहिलेको संकटको घडीमा पनि प्रदेश सरकार बाहिर निस्किन नसकेको आरोप लगाए । उनले भने– उपमहानगरपालिकाको श्रोत साधन तथा क्षमताले भ्याएसम्म हरसम्भव ब्यबस्थापन गरिरहेका छौं ।
त्रिनगर भन्सार नाका हु“दै भारतका विभिन्न शहरबाट नेपाल भित्रिनेहरूको संख्या अधिक भएका कारण उनीहरूको व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकामाथि नै बढि भार परेको नगर प्रमुख वडको अनुभव छ ।
दुई दिन यता भारतका विभिन्न शहरबाट त्रिनगर भन्सार नाका भएर आठ सय ६४ जना नेपाली नेपाल भित्रिएका छन् । नगर प्रमुख वडका अनुसार तीमध्ये धनगढीका बासिन्दा २६ जना मात्रै रहेका छन् । तर त्रिनगर भन्सार नाका भएर नेपाल आएका सबै नेपालीको व्यवस्थापनको जिम्मेवारी उपमहानगरपालिकाले नै निर्वाह गरिरहेको नगर प्रमुख वडको दाबी छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले सुदूरपश्चिम प्रदेशका मात्रै नभएर झापा जिल्ला सम्मका नेपालीहरू त्रिनगर भन्सार नाका भएर भित्रिएको बताए । प्रमुख जिल्ला अधिकारी बोहराले भने– उहा“हरूलाई कसरी सम्बन्धित जिल्ला तथा स्थानीय तहमा कसरी पठाउने भनेर छलफल तथा समन्वय भैरहेको छ ।





