सुरक्षित मातृत्व संजालद्वारा गर्भवति र सुत्केरीलार्इ राहत वितरण
धनगढी । कैलालीमा बिपन्न गर्भवति तथा सुत्केरीहरुलाई घरमै गएर खाद्यान्न वितरण गरिन थालिएकाे छ ।
सुरक्षित मातृत्व संजालको समन्वयमा आमा बचाउ, मानवता जगाऊ अभियान अन्तरगत कैलालीकाे धनगढी लगायत विभिन्न स्थानमा साे राहत वितरण गर्न थालिएकाे हाे । सुरक्षित मातृत्व संजालको समन्वयमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नम्बर ५ कैलालीले लकडाउनको बेला अति बिपन्न गर्भवति सुत्केरी आमाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै घरमै गएर खाद्यान्न वितरण गरिरहेकाे संघका केन्द्रीय सदस्य विनय लामाले बताए ।
शुरु गरिएको नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५ कैलालीका सभापति गजेन्द्र विक्रम शाहीले बताए ।
लकडाउनका बेला सुत्केरी आमाहरूलाई पोषणको कमि नहोस भन्नका लागि कैलालीमा सो अभियान सञ्चालन गरिएको उनको भनाइ छ । उनले आमा बचाउ, मानवता जगाऊ अभियानलाई देश तथा बिदेशबाट सहयोगहरु प्राप्त भैरहेको जानकारी दिए ।
अहिले सो अभियान धनगढी उपमहानगरपालिकामा सुरु गरिएको बताउदै शाहीले भने–बिस्तारै अन्य क्षेत्रमा रहेका सुत्केरी आमाहरूलाई समेत पोषणयुक्त खाना बितरण गरिनेछ ।
सुत्केरी आमाहरुलाई पोषणयुक्त खाना अन्तर्गत २० किलोग्राम चामल, १ लिटर खानेतेल, १ क्यारेट अण्डा, नुन, चिनी १÷१ किलोग्राम, २ किलोग्राम दाल, ५ किलोग्राम आलु, २ पिस डिटोल साबुन र १ पिस मास्क घरमै गएर वितरण गरिन थालेको शाहीले बताए ।
उनका अनुसार अहिलेसम्म धनगढी उपमहानगरपालिका विभिन्न वडाहरुमा ५५ जना सुत्केरी आमाहरूलाई घरमै गएर पोषण खाना बितरण गरिएको छ ।
सो अभियान जारी रहेको बताउँदै उनले आफना वरपर भएका सुत्केरी आमाहरुलाई ९८४८६०६६९०, ९८४८४०५५४८ मा खबर गरेर सहयोग गरिदिन आग्रह गरे ।