६ कार्तिक २०८१, मंगलवार

द ग्लोवल सर्जिकल हाउसलाई दुई लाख जरिवाना



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित द ग्लोबल सर्जिकल हाउसलाई दुई लाख जरिवाना गरिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता कार्यालय र जिल्ला प्रशासन कार्यालय कैलालीको संयूक्त अनुगमन टोलीले अनुगमन गर्दा तोकिएको मूल्य भन्दा बढीमा सामाग्री विक्री वितरण गरेको पाएको थियो ।

सो सर्जिकल हाउसले मास्क र प्रशनल प्रोटेक्टिभ इक्यूपमेण्ट (पिपिइ) मह“गो शुल्कमा विक्री गरेको अनुगमनमा टोलीले जनाएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता कार्यालयका प्रमुख कमलबहादुर पुनले हाउसमा अनुगमन गर्न जादा १० रुपैया पर्ने मास्कलाई १७ रुपैयामा र चार हजार आठ सय ६८ रुपैयाँ पर्ने पिपिइलाई सात हजारमा विक्री गरिरहेको पाइएको जानकारी दिए ।

उनले सो सर्जिकल हाउसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ‘ङ’ को कसुरमा दफा ३९ ‘१’ (ख) बमोजिम दुई लाख तत्काल जरिवाना गरिएको बताए ।

उनले टोलीले बजारमा हुने कालोबजारी, महँगी लगायतलाई नियन्त्रण गर्न कार्यालयले एकल र संयूक्त बजार अनुगमन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार