७ कार्तिक २०८१, बुधबार

लकडाउनमा वन फडानी तिब्र (भिडियो सहित)



वन जोगाउन वनलाई अत्यावश्यक क्षेत्रमा राख्नु पर्ने । कर्मचारीलाई कोरोनाबाट बच्ने स्वास्थ्य सामाग्री, विमा, अतिरिक्त भत्ता दिनुपर्ने कैलाली डिभिजनका प्रमख कँडेलको भनाइ ।

धनगढी, वैशाख १० गते । सुदूरपश्चिमका कैलाली, डडेल्धुरा र कञ्चनपुरमा वन अतिक्रमण तिव्र भएको छ । लकडाउनका कारण वन रक्षक र कर्मचारीले अनुगमन नगर्ने भएकोले वन अतिक्रमण बढेको दावी वन अधिकारीहरुको छ ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलका अनुसार लकडाउनका बेला नौ ठाउँबाट काठ चोरी निकासी गर्न खोजिएको थियो । तर ती काठ बरामद गरिएको छ । कैलाली डिभिजन अन्र्तगत झण्डै आठ सय क्यूफिट काठ बरामद गरिएको छ । कैलालीको पहलमानपुर डिभिजन कार्यालय अन्र्तगत पनि झण्डै एक दर्जन स्थानबाट काठ चोरी निकासी गर्न खोजिएको थियो ।


कँडेलका अनुसार गाउँलेहरु फूर्सदमा भएकोले थोरैथारै काठ चोरी निकासी गरेर आफूले पनि प्रयोग गर्ने अरुलाई पनि वेच्न खोजेको देखिन्छ । वनलाई अत्यावश्यक क्षेत्रमा राखेर कर्मचारीको विमा, भक्ता र कोरोना सङ्क्रमणबाट बच्ने स्वास्थ्य सामाग्री प्रदान गरिए जङ्गल फडानी रोक्न सकिन्छ । कर्मचारी फिल्डमा नभए पनि जनताको वनको माया र हाम्रो विश्वासले सूचना पाएर काठ बरामद गर्न सकिएको छ उनले भने, केहीलाई पक्राउ गरेका केहीलाई पक्रिने तयारी भइरहेको छ ।
कैलाली डिभिजन अन्र्तगत चैत १३ गतेपछि धनगढी उपमहानगरका १५ र १६ नम्बर वडा, गोदावरी, गौरीगंगामा काठ चोरीका प्रयास भएका छन् ।


लकडाउनको समयमा डडेल्धुराको महाभारत तथा चुरे क्षेत्रका दर्जनौ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीहरुलाई छल्दै अतिक्रमण भईरहेको छ ।
वनक्षेत्र अतिक्रमणका विषयमा वन डिभिजन कार्यालय डडेल्धुरालाई जानकारी गराएको भएपनि कुनै पहल नभएको त्रिपुरा सामुदायिक वन तडिपाटाका अध्यक्ष पुस्पराज जोशीले बताए । जोशी भन्छन्, ‘अतिक्रमणका विषयमा वन डिभिजन कार्यालयलाई पत्राचार गरि अतिक्रमण हटाउन पटक पटक आग्रह गरिएको हो ।’
लकडाउनका कारण योजना अनुसार काम गर्न नसकिएकोे वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताइन । उनले तुरुन्तै कार्वाहीमा जान मातहतका सबै कार्यालयलाई पत्राचार गरिएको बताइन ।
कञ्चनपुर वन डिभिजन कार्यालयका निमित्त प्रमुख दिनेशकुमार यादव कञ्चनपुरमा पनि काठ तस्करीका घट्ना हुन नदिन नियमित अनुगमन भइरहेको बताउछन् ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालय प्रमुख हेमराज विष्ट आफैले पनि कैलाली, कञ्चनपुरका वनहरुको अनुगमन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार