७ कार्तिक २०८१, बुधबार

कर्णालीका थ्रोट स्वाब पनि धनगढीमा परीक्षण हुदै



–पशु अन्वेषणको ठूलो उपकरण आएपछि सेती अस्पतालको पीपीआर मेसिन चलाउन छोडियो

धनगढी, बैशाख ५ गते । धनगढीमा रहेको पशु अन्वेषण प्रयोगशालामा अव कर्णाली प्रदेशका थ्रोट स्वाब पनि परीक्षण हुन थालेका छन । ठूलो क्षमताको पीसीआर उपकरणबाट स्वाब परीक्षण हुन थालेपछि कर्णालीका स्वाब पनि आउन थालेका हुन । ठूलो पीसीआर आएपछि सुदूरपश्चिम प्रदेशका कोरोना आशंकित थ्रोट स्वाब अब काठमाडौ पठाउनु पर्ने वाध्यता पनि हटेको छ ।
विज्ञ सुनिलप्रसाद लेखकका अनुसार शुक्रबार मात्रै कर्णालीका ९९ स्वाब परीक्षण गरिएको छ । उनका अनुसार परीक्षण गर्नका लागि प्रर्याप्त प्राविधिक भने छैनन् । एक सिप्ट चलाउन पाँच घण्टासम्म लाग्छ । हामीसंग सेती प्राविधिक अस्पतालका पाँच जना मात्र प्राविधिक मात्रै छन् । भोली ठूलो मात्रामा परीक्षण गर्नु परेमा थप प्राविधिक चाहिने हुनसक्छ त्यसैले प्राविधिक थप्न प्रदेश सरकारलाई अनुरोध गरेका छौ, उनले भने ।
पशु अन्वेषणमा एक लटमा ९६ स्वाब परीक्षण हुन थालेपछि सेती प्रादेशिक अस्पतालमा रहेको पीसीआर उपकरण भने चलाउन छोडिएको छ । सो मेसिनबाट एक घण्टा १० मिनेटमा एउटा मात्रै स्वाब परीक्षण हुने गरेको थियो । अघिल्लो साता ठूलो क्षमताको पीसीआर उपकरण आएपछि अहिलेसम्म २५० स्वाब परीक्षण गरिएको विज्ञ लेखकले बताए ।
ठूलो उपकरण आएपछि कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बझाङका स्वाब परीक्षण गरिएको छ । पछिल्लो पटक कर्णाली प्रदेशका स्वाब पनि आउन थालेका छन् ।
यसैवीच कोरोना संक्रमणका कारण लकडाउन भएपछि सुदूरपश्चिममा रगतको अभाव देखिन थालेको कैलालीको रक्त सञ्चार सेवा केन्द्रका प्रमुख धरणीधर पन्तले वताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार