डेरामा बसेका विधार्थीलाई नेविसंघले खाद्यान्न वितरण गर्ने

धनगढी । नेपाल विद्यार्थी संघ कैलालीले डेरामा बसेर पढ्ने विधार्थीलाई खाद्यान्न वितरण गर्ने तयारी गरेको छ ।
सरकारले जारी गरेको लकडाउनका कारण गरिव, अति विपन्न, दैनिक ज्यालादारी, घर भाडामा बस्दै आएका लगायतका व्यक्तिहरु मारमा परिरहेका छन । नेविसंघले भाडामा बसेर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न अभावमा समस्यामा परेका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गर्न लागेको जनाएको छ ।
नेविसंघ कैलाली बहुमुखी क्याम्पस सभापति, केन्द्रिय सदस्य लगायतको पहलमा खाद्यान्न संकलन गरिएको जनाइएको छ । नेविसंघका नेता सुमन केसीले डेरामा बसेका विद्यार्थीहरुलाई खाद्यान्न अभाव भए सम्पर्क गर्न आग्रह गरे ।
उनले विश्वव्यपी फैलिएको कोभिड(१९ को संक्रमणवाट बच्न लगाइएको लकडाउन कारण खाद्यान्न अभावमा समस्यमा परेका डेरागरी बस्ने विधार्थीलाई नाम ठेगाना टिपाउन आग्रह गरे ।
उनले भने ‘बाहिरवाट आएर धनगढी उमहानगरपालिकाका विभिन्न क्याम्पसमा अध्यनरत विद्यार्थीहरु जस्को आर्थिक स्थिति कमजोर भएर खाद्यान्न सामाग्रीको अभाव परेको भए सम्पर्क गर्नुहोस ।’ खाद्यान्न अभाव भएका विधार्थीलाइ ९८४८५७५३०५ मा सम्पर्क गर्न अाग्रह गरे ।




