७ कार्तिक २०८१, बुधबार

४५ घरपरिवारलाई खाद्यान्न वितरण



धनगढी । राधामाधव समिति नेपाल शाखा सत्संगत कार्यालय बेलादेवीपुरले खाद्यान्न सामाग्री वितरण गरेको छ । धनगढी उपमहानगरपालिका ११ स्थित बेलादेबीपुरका विपन्न ४५ घर परिवारलाई शुक्रबारबार एक कार्यक्रमकाबीच सो खाद्यान्न वितरण गरिएको समितिका सचिव कविराज जोशीले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–११ बेलादेवीपुरका ४५ घरपरिवारलाई झण्डै रु. ४० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ज्यालामजदुरी गरि खानेलाई छाक टार्न समस्या भएकोले विपन्न वर्गका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार