त्रिनगर भन्सार नाकामा चाप बढ्यो
धनगढी । कैलालीको धनगढीस्थित भारतस“ग सिमा जोडिएका त्रिनगर सीमा नाकामा मानिसको आवगमनको चाप बढ्दै गएको छ । भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका भएर दैनिक हजारौंको संख्यामा कैलाली भित्रिरहेका छन् । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जा“दा गौरीफन्टा नाका हु“दै नेपाल भित्रिनेको संख्या बढ्दै गएको छ ।
त्यस्तै, गौरीफन्टा नाकामा सेनाको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ । शनिबार बिहानैदेखि नाकामा नेपाली सेनासहितको स्वास्थ्यकर्मीको टीमले नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।
यसअघि स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सिमानामा खटिएका थिए भने शनिबारदेखि नेपाली सेनाका स्वास्थ्यकर्मी पनि थपिएका हुन् ।
यस्तै सुन्दर सुदूरपीश्चम यातायात प्राली र धनगढीका व्यवसायी टेकराज जोशीले नेपाली सेनालाई हस्तातरण गरेका दुई सय थान माक्स पनि गौरीफन्टा नाकामै वितरण गरिएको छ । यस्तै रोटरी क्लव धनगढीले नाकामा सन्देशमुलक ब्यानर पनि लगाएको छ ।