५ कार्तिक २०८१, सोमबार

विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो



धनगढी । कैलालीसहित देशभरी विविध कार्यक्रमसहित आइतबार ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
‘समानताको पुस्ता ः अन्त्य गरौं“ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ आइतबार मुलुकभरी विभिन्न कार्यक्रम आयोजना गरियो ।
कोरोना भाइरसको त्रासका कारण भेला लगायतका बढी मानिसको उपस्थिति हुने कार्यक्रम परिवर्तन गरिएको थियो । नोवेल कोरोना अर्थात् कोभिड– १९ संक्रमणको जोखिमका कारण उक्त दिवसको कार्यक्रम पनि प्रभावित भएको छ । त्यसैले धनगढीमा पनि ठूलो समूह भेला भएर हुने कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ ।
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको संयोजनमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व श्रमिक महिला दिवस मनाइएको छ ।
आइतबार अधिकारकर्मीहरूले धनगढी चौराहा, पार्कमोड, क्याम्पसचोक लगायतका चोकहरूमा सा–सानो समूहमा भेला भएर कार्यक्रम आयोजना गरेका थिए । ‘महिला रोकिए संसार रोकिन्छ’ अंकित प्लेकार्ड तथा टिसर्ट लगाएर महिला अधिकारकर्मीहरू भेला भएका थिए ।
दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेले अहिले पनि समाजमा महिलालाई दोश्रोे नागरिकको दर्जाका रुपमा व्यवहार गर्ने गरिएको चर्चा गरिन् । उनले महिलाको हकअधिकारका लागि बनेका ऐनकानून पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताइन् ।
त्यस्तै, सृजनशिल महिला समुह धनगढीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘सि’ गाउ“मा विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको सामाजिक अभियन्ता तुलसी देवकोटा लगायतले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रम अध्यक्ष हर्कमति चन्दको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १२ का महिला जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयंसेवीका, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी तथा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रीय नारी दिवस न्यूयोर्कका महिलाले गरेको संर्घषमा बिश्वभरी मनाइने गरेको हो । सन १९०७ को ८ मार्चको दिन महिलालाइ उचित ज्याला र १० घण्ंटा कामको मांग गदै संर्घष श्ुारु गरे ।
सन १९०८ को ८ मार्च को दिन श्रमिक महिलाले मताधिकार पाउनपर्ने मांग राख्दै सोहि दिनको सम्झनामा १९१० देखि अन्तराष्ट्रिय नारी दिबस मनाउन थालिएको हो ।

मुख्यमन्त्रीद्धारा शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी शुभकामना सन्देशमा उनले महिला माथि हुने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको खा“चो रहेको औल्याए ।
सन्देशमा मुख्यमन्त्री भट्टले विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण संघर्षबाट स्थापित नेपालको संविधानले महिलालाई लैगिक भेदभाव बिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार