७ कार्तिक २०८१, बुधबार

संसदीय समितिद्वारा हुलाकी सडक निर्माणमा तिब्रता दिन निर्देशन



भजनी (कैलाली । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले विभिन्न कारणले निर्माणमा ढिलाइ भइरहेको कैलाली खण्डको हुलाकी सडकको अनुगमन तथा निरिक्षण गरेको छ ।
सो अवसरमा सभापति कल्याणी खड्काले हुलाकी सडक यथासिघ्र निर्माण गर्न विभिन्न पक्षलाई निर्देशन दिइन । सभापति खड्का सहितको टोलीले बुधबार साँझ हुलाकी सडक अन्र्तगतको कैलाली खण्डको कैलारी गाउपालिकाको बसन्ता क्षेत्र, भजनी नगरपालिकाको लालबोझी तटबन्ध, भजनी लालबोझीकै ठेकीपुर पुल र टीकापुर नगरपालिकामा पर्ने सत्ती पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।
सो अवसरमा संसदीय समितिका सभापति खड्काले वसन्ता क्षेत्रको दुई किलोमिटरमा रहेका रुख काट्ने पहल थाल्न वन कर्मचारीलाई निर्देशन दिइन।


उनले ठेकीपुर पुल चाडै बनाउन समेत निर्देशन दिइन । संसदीय टोलीलाई वसन्ताको वन सवडिभिजन कार्यालयका फरेस्टर प्रेम विष्टले बसन्ताको दुई किलोमिटरमा पर्ने रुखको संख्या बारे प्रतिवेदन पठाउन केही दिनअघि वन मन्त्रालयले पत्र पठाएको जानकारी दिएका थिए ।
उनले हुलाकी सडक आयोजनाको सहयोगमा चाडै रुखको लागत प्रतिवेदन पठाइने जानकारी दिए । उनका अनुसार सडको मुख्य विन्दुबाट दुवै किनारामा छ मिटरको परिधीमा काटिने रुखको संख्या विवरण मन्त्रालयले मागेको छ ।
संसदीय समितिका सभापति खड्का नेतृत्वको टोलीमा रहनु भएका हुलाकी आयोजना धनगढीका इन्जिनियर पदम मडैले एकदुई दिन मै सडकको विन्दु निक्र्यौल गरिने बताए ।

सो अवसरमा २०६८ सालमा टेन्डर भएर पनि अझैसम्म निर्माण हुन नसेकेको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझी ठेकीपुरको पुलमा साउन महिनाभित्रै गाडी गुड्ने जानकारी इन्जिनियर विकास कर्णले दिए ।
टोलीमा समितिका सदस्य आशाकुमारी विक, कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरी, पूर्व सभासद मदनकुमारी शाह गरिमा, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र उपप्रमुख छाया देवकोटा, समितिका सचिव ओम कार्की, कर्मचारी र विज्ञहरूको सहभागिता थियो ।
कैलाली खण्डको हुलाकी सडक निर्माण कार्य धेरै सकिएको भए पनि विभिन्न कारणले धनगढी क्षेत्र, वसन्ता क्षेत्र र भजनी लालबोझीका सडक र पुल निर्माण कार्य पुरा हुन सकेको छैन ।
सो सडक वनेमा पूर्वपश्चिम राजमार्गको तुलनामा टीकापुर, भजनीका साथै नेपालगञ्ज पुग्न समेत छोटो दूरी रहने छ । धनढीबाट सत्ती पुग्न ६५ किलोमिटर दुरी रहेको छ । जवकी पूर्वपश्चिम राजमार्ग हुँदै सत्तीसम्मको दूरी झण्डै १०० किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार