२१ मंसिर २०८२, आईतवार

ब्यास र अपीहिमालका उच्च भेकमा हिमपात



दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलाका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । मंसिर पहिलो सातादेखि मौसममा बदली हु“दा हिमाली क्षेत्रमा चिसो बढेको हो ।


दार्चुलाका पाँच गाउँपालिकाका लेकहरू अहिले हिउले ढाकिएका छन् । जिल्लाको नौगाड, मार्मा, र दुहु गाउपालिकाका लेकाली भेकमा हिमपात र वर्षा भइरहेको स्थानीयले बताए । त्यस्तै, अपीहिमालको घुसा, खण्डेश्वरी, सितोला, गुल्जर तथा व्यास गाउपालिकाका छाङ्रु, तिंकर, बुदी तथा राप्लालगायत स्थानमा हिमपात भइरहेको अपीहिमाल गाउ“पालिका वडा नम्बर ४ का कल्यानसिंह बोहराले बताए ।
जिल्लाका तल्लो भेकमा फाट्टफुट्ट वर्षा भएको स्थानीयले बताए । छाङरु र तिंकर गाउका केही सर्वसाधारण कुञ्चा (बसाइसराइ) सरिसकेका छन् भने केही सर्ने तयारीमा छन् ।
आधा बढी स्थानीय बासिन्दा कुञ्चा लिएर सदरमुकामका लागि हिडिसके पनि केही तयारीमा रहेको व्यास गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । यसअघिका वर्षमा व्यासका कुञ्चा मंसिरको पहिलो साता नै बेंसी (सदरमुकाम) झरिसक्थे । यसपालि कालापानी क्षेत्रमा देखिएको समस्याले ढिला गरी कुञ्चा सारिएको उनले बताए ।
हिमपातपछि चिसो बढे पनि आकाशे पानीको भरमा खेती गर्नुपर्ने पाखोबारी भएका कृषक भने खुसी छन । थोरै मात्रामा पानी नपरे पनि हिउदे खेतीलाई राहत पुग्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार