२३ बैशाख २०८१, आईतवार

कान्तिपुर सिनेमाजमा ‘मिस स्कार्लेट’ स्ट्रिमीङ्ग



काठमाडौ/ गत असोज २९ गते घोषणा गरेर सुरुवात भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकी: आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, नपाली फिक्सन र लभ सुत्र सिनेमाजले वल्र्डवाईड ओटिटी रिलिज गरिरहेको छ । 

यो सँगै आजबाट कान्तिपुर सिनेमाजले आफ्नो निर्माण रहेको ओरिजीनल साइकोलोजिकल फेन्टासी सिरिज मिस स्कार्लेटको स्ट्रिमीङ्ग सुरु गरेको छ । 

गत वर्षको माघबाट वीरगन्ज देखी  छायांकन सुरुवात गरेको मिस स्कार्लेटको वीरगन्ज र काठमाण्डौमा २७ दिन लगाएर छायांकान भएको हो । पहिलो सिजनमा ४ एपिसोड हुने बताइएको मिस स्कार्लेटको एउटा एपिसोड ३५ देखी ४० मिनेटको हुनेछ । केही महिना अगाडी सिरिजले हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा सार्वजनिक गरेको टिजर र ट्रेलरलाई दर्शक र चलचित्रकर्मीले राम्रो प्रतिक्रिया दिएका थिए । 

सिरिजलाई बलिराम चौहानले निर्देशन गरेका हुन भने यसका कृयटिभ प्रोड्युशर प्रकाश पुरी हुन् । सिरिजको टिजर, ट्रेलर र कलाकार र टेक्निसीयनको लाईनअप हेर्दा नेपालमा बन्ने सिरियल र सिरिज भन्दा धेरै स्तरीय बनेको अनुमान लगाउन सकिन्छ । टलकजंग भर्सेस टुल्के फेम्ड सिनेमाटोग्राफर शेर बहादुर तामाङले खिचेको सिरिजमा चर्चित म्युजिकल ग्रुप नोवेल फ्रिक्सले म्युजिक दिएका छन्  ।

टिजरबाटै अभिनय र भ्वाइसको तारिफ पाएका नव अभिनेता कुलश्रेष्ठ कमलको काम दमदार देखिएको छ । सिरिजमा टाइटल रोलमा गित बिष्ट सँगै आलीशा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, अर्नव घिमिरे, दिलीप नेपाली, रोज खत्री लगायतको अभिनय रहेको छ । 

यो सिरिजलाई विश्व भरिका दर्शकले कान्तिपुर सिनेमाजमा २९९ तिरेर हेर्न पाउनेछन् । नेपाली रुपैयाँ २९९ मा एक पटक सब्स्क्रीप्सन लिएपछि दर्शकले प्लाटफर्ममा भएका सबै फिल्म र सिरिजहरू एक महिना भरि हेर्न पाउने कान्तिपुर सिनेमाजका सिइओ तथा मिस स्कार्लेटका कृयटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार