६ चैत्र २०८०, मंगलवार

बाजुरामा पनि मतगणना शुरु



८३ हजार ५६७ मतदाता रहेको बाजुरमा ६० हजार १५२ जनाले मतदान गरेका छन्

बाजुरामा कडा सुरक्षाका वीच शुरु भएको मतगणना । तस्बिर सौजन्य : पदम सिंह

धनगढी / बाजुरामा शुक्रबार साँझ ५ : ४० बजेबाट मतगणना शुरु भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार प्रतिनिधि सभाको एक मात्र क्षेत्र रहेको बाजुरामा मतगणना शुरु भएको हो ।

आयोगले बुधबार बाजुरा र स्याङ्जामा गणना शुरु गर्ने निर्णय गरेको थियो । बाजुरामा सर्वदलिय बैठकको सहमति लिने क्रममा मतगणनामा ढिलाइ भएको हो । शुक्रबार दिउँसो मात्रै सर्वदलिय सहमतिले गणना गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार हिमाली गाउँपालिका र बडिमालिका नगरपालिकाबाट गणना शुरु भएको हो ।

बुढीनन्दा नगरपालिका‐५ मा स्थगित मतदान मङ्सिर १० गते भएको र एमाले तथा कांग्रेस दुईवटै पार्टीले एकअर्कालाई बुथ कव्जाको आरोप लगाउदै फेरि चुनाव गर्नुपर्ने माग राखेकोले मत गणना ढिलाइ भएको हो । एमालेले छ र कांग्रेस पक्षले १७ वुथ कव्जा गरेको आरोप लागेको छ ।

आयोगले दुईवटै पक्षको मागलाई वेवास्ता गर्दे मतगणना गर्ने निर्णय गरेपछि बाजुरामा गणना शुरु भएको हो ।
८३ हजार ५६७ मतदाता रहेको बाजुरमा ६० हजार १५२ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार