१४ बैशाख २०८१, शुक्रबार

ग्रेडरको ठक्करबाट बालिकाको मृत्युपछि धनगढीका विद्यार्थी आन्दोलित




धनगढी / ग्रेडरले ठक्कर दिंदा विहीबार विहान धनगढी उपमहानगरपालिका–५ बस्ने १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि धनगढीका विद्यार्थी आन्दोलित भएका छन् ।

उनीहरुले घाइते बालिकालाई कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले व्याक गरेर मारेको भन्दै निर्माण व्यवसायीविरुद्ध नाराबाजी समेत गरेर , पार्कमोड लगायतका क्षेत्रमा यातायात सेवा अवरुद्ध गरिरहेका छन् ।

पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत साउदको मृत्यु भएपछि विद्यार्थीहरु दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन ।

बिहीबार बिहान हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले ठक्कर दिदा साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय विमलकुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार