सुदूरपश्चिमका मुख्यमन्त्रीका दावेदार बहालवाला दुई मन्त्री पराजित
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका प्रमुख दावेदार दुई जना बहालवालामन्त्री प्रदेश सभा सदस्यको चुनावमा पराजित भएका छन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनावमा पराजित भएका हुन ।
मन्त्री रावल कैलाली क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ मा चुनाव लड्ेका थिए । उनले २०७४ को निर्वाचन सोही निर्वाचन क्षेत्रबाट जितेका थिए । मन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पराजित गरेका हुन । पराजित रावलले आठ हजार ५३ मत प्राप्त गरे भने विजयी चौधरीले ११ हजार ३१७ मत पाए । रावल र चौधरीबीचको मतान्तर तीन हजार २६४ रहेको छ ।
रावल नेपाली कांग्रेसको संसदीय दलको नेता पनि थिए ।
यसैगरी, सामाजिक विकासमन्त्री बोहरा डडेल्धुरा प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीसंग पराजित भएका छन् । पराजित बोहराले १० हजार ९७० मत पाए । मन्त्री बोहरा ४२५ मतान्तरले पराजित भए । निर्वाचित जोशीले ११ हजार १७० मत प्राप्त पाए ।
पराजित हुनु भएका दुवै जनामन्त्री वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट चुनाव लडेका थिए ।