१२ मंसिर २०७९, सोमबार

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण निर्वाचित




धनगढी/ कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरे ।

अरुणको जीतसंगै कैलालीमा नागरिक उन्मुक्तिले कैलालीमा प्रतिनिधि सभा सदस्यका तीन सिट जीतेको छ । प्रतिनिधि सभा सदस्यमा विजयी अरुणले २१ हजार ८७१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रावलले १६ हजार १२८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर वडुवालले १५ हजार ११६ मत प्राप्त गरे ।

एमालेका रावल निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । उनले २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य जितेका थिए । माओवादी केन्द्रका वडुवाल संविधान सभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार