१२ मंसिर २०७९, सोमबार

कैलाली २ (क) मा काँग्रेसका कमल निर्वाचित




धनगढी/ कैलाली २ प्रदेश सभा (क) बाट काँग्रेसका कमलबहादुर शाह प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका रतनबहादुर थापालाई एक हजार ४५८ मतान्तरले पराजित गरे ।

मतगणनाको अन्तिम नतिजाअनुसार गठबन्धनका साझा उम्मेदवार काँग्रेसका शाहले १० हजार ४३३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्तिका थापाले ८ हजार ८७५ मत पाए ।

थापा सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य हुन् । एमाले कैलालीका अध्यक्ष समेत रहेका उनी गत स्थानीय निर्वाचनपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।
निर्वाचनमा राप्रपाका प्रमोदसिंह राठौरले दुई हजार १३६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार