१२ मंसिर २०७९, सोमबार

कैलाली ५ (क) मा माओवादी केन्द्रका धामी विजयी




धनगढी/ तीब्र प्रतिस्पर्धाबीच कैलाली ५ (क) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रमेशसिंह धामी निकटतम प्रतिस्पर्धीलाई एक सय २५ मतले हराउँदै प्रदेश सभा सदस्य विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेपालु चौधरीलाई पराजित गरे । नेपालु २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

मतगणनाको अन्तिम परिणामअनुसार प्रदेश सभा सदस्यमा निर्वाचित धामीले ९ हजार ३८७ मत प्राप्त गरे भने नेपालुले ९ हजार २६२ मत पाए ।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरीले ७ हजार ८६४, राप्रपाका पुष्करराज भट्टले ४ हजार ७६७, र माओवादी केन्द्रबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार रमेशकुमार बस्नेतले तीन हजार ८१९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार