१२ मंसिर २०७९, सोमबार

कैलाली ५ (ख) मा काँग्रेसका देउवा निर्वाचित




धनगढी/ प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत कैलाली ५ (ख) मा काँग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीलाई तीन हजार २४० मतान्तरले हराए ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार देउवाले ९ हजार ५९१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका जोशीले ६ हजार ३५१ मत पाए । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका गोठू चौधरीले चार हजार ३५८ पाए ।

त्यस्तै, राप्रपाका शिवराज भण्डारीले तीन हजार ४२२ र काँग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार