१२ मंसिर २०७९, सोमबार

कैलाली ५ मा काँग्रेसका पन्त विजयी




धनगढी/ कैलाली ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गर्दै विजय प्राप्त गरे । प्रतिनिधि सभा सदस्यमा निर्वाचित पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दा एमालेका रानाले २० हजार ३१८ मत पाए ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित पन्त २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा कैलाली ५ (ख) बाट विजयी भएका थिए । राना निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । उनले २०७४ सालको निर्वाचनमा कैलाली ५ बाट विजय प्राप्त गरेका थिए ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार ३४९ मत पाए । उनी २०७१ सालको उपनिर्वाचनमा कैलाली ५ (तत्कालीन क्षेत्र नम्बर ६) बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

कैलाली ५ मा स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७ हजार ४६० मत प्राप्त गरे । उनलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको थियो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ईश्वरी बिष्टले तीन हजार ४०५ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार