३ आश्विन २०८१, बिहीबार

सुदूरपश्चिमबाट प्रतिनिधि सभामा एमालेका तर्फबाट तामाङको पहिलो जीत



महेन्द्रनगर/ कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) कञ्चनपुरका पूर्व अध्यक्ष तथा पूर्व प्रदेश तारा लामा तामाङले प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये १२ वटाको परिणाम आउदा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य जित्ने ४९ वर्षीय तामाङ पहिलो उम्मेदवार हुन ।

लामाले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ तथा विना मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरे ।
तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरे ।

तामाङ २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (एमाले) विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी) मा संलग्न हुनु भएका तामाङ केही महिनाअघि मात्र फेरि नेकपा (एमाले) मा फर्किएका हुन ।

सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले पाँच हजार २४३, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले दुई हजार ९०६ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार ६०५ मत प्राप्त गरे ।

१० जना उम्मेदवार रहेको उक्त क्षेत्रमा १० जना उम्मेदवार रहेकोमा अरु उम्मेदवारले एक हजार मत कटाउन सकेनन् । ९९ हजार ११० मतदाता रहेको क्षेत्र नं. १ मा ६४ हजार २३९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार