२ जेष्ठ २०८१, बुधबार

भारी मतान्तरसहित कैलाली १ मा नाउपा अध्यक्ष रञ्जिता विजयी



धनगढी/ कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भारी मतान्तरले विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीलाई १२ हजार तीन सय बढी मतान्तरले पराजित गर्दै उनले विजय प्राप्त गरिन् ।

आज बिहीबार साँझ ४ बजे सकिएको मतगणनाको अन्तिम परिणामअनुसार रञ्जिताले ३० हजार ४०४ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी कांग्रेसका रामजनमले १८ हजार ८१ मत पाए । तेस्रो स्थानमा रहेका एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१० मत प्राप्त गरे ।

गत वर्ष पुसमा स्थापना भएको नागरिक उन्मुक्तिले अहिलेसम्म कैलालीमा योसहित प्रतिनिधि सभा सदस्यमा दुई सिट जितिसकेको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रञ्जिता २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट सङघीय सांसदमा निर्वाचित रेशमलाल चौधरीका श्रीमती हुन् । उनको नेतृत्वमा गत वर्ष पुसमा सो पार्टी स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार