२ जेष्ठ २०८१, बुधबार

लालटिन चिन्हका डा. जोशी ४२५ मत बढी पाएर विजयी




धनगढी / सुदूरपश्चिम प्रदेश सभामा डडेल्धुरा (ख) बाट लालटिन चिन्ह लिएका स्वतन्त्र उम्मेदवार डा. तारा जोशी विजयी भएको छन् । उनी प्रतिद्धन्द्धी भन्दा ४२५ मत बढी पाएर विजयी भएका हुन ।

शीले ११ हजार १६२ मत पाएर विजयी भएका हुन । जोशीसंग प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पराजीत भए । उनले १० हजार ७३७ मत पाएका छन् ।

सो क्षेत्रबाट एमालेका गजेन्द्रबहादुर शाही एक हजार ५३५ मत पाएका छन् ।

भारतको जवहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका जोशी तेस्रो पटकको प्रयासमा डडेल्धुराबाट निर्वाचित हुन सफल भएका हुन ।

उनी २०७० मा एमालेका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवासित चुनाव लडेर पराजीत भएका थिए भने २०७४ कांग्रेसका कर्ण मल्लसंग ३५६ मतले पराजीत भएका थिए ।

यसपटक भने एमाले विभाजन भएपपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा संलग्न भएका थिए । तर यो पटकको चुनाव भने समाजवादी छोडेर स्वतन्त्र भएर लडेर जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार