२ जेष्ठ २०८१, बुधबार

प्रदेश सभामा माओवादीको चौथो जीत अछाम १ (ख) बाट साउद विजयी




अछाम/ सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को (ख) मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउँद विजयी भएका छन् ।

साउँदले नेकपा (एमाले) उम्मेदवार कृष्णप्रसाद जैसीलाई तीन हजार ९६ मतान्तरले पाजित गरेका छन् ।

साउँदले १२ हजार ११५ मत प्राप्त गरे भने जैसीले नौ हजार १९ मत प्राप्त गरे ।

२०६४ को संविधानसभा निर्वाचनमा साउँद अछाम–१ बाट हाल प्रतिनिधिसभामा निर्वाचित श्रममन्त्री शेरबहादुर कुँवरसँग पराजित भएका थिए।

माओवादीबाट यसअघि प्रदेश सभाका लागि दाुर्चुला (ख) बाट प्रदेश सरकारका मन्त्री मानबहादुर धामी, डोटी (ख) बाट शिवसिंह ओली , बझांग (ख) बाट भीम भण्डारी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार