२ जेष्ठ २०८१, बुधबार

प्रदेश सभामा एमालेको दोस्रो जीत : बैतडी (क) मा पाल विजयी





बैतडी/ प्रदेश सभा निर्वाचनमा बैतडी (क) बाट नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल १२ हजार ८३१ मत लिएर विजयी भए ।

नेकपा एमालेका बैतडी अध्यक्षसमेत रहनु भएका पालले मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरबहादुर विष्ट र कांग्रेसबाटै वागी उम्मेदवार हरिमोहन भण्डारीलाई पछार्दै जीत हासिल गरेका हुन ।

कांग्रेसका बागी उम्मेदवार भण्डारीले ११ हजार १८ मत र कांग्रेसका आधिकारिक उम्मेदवार विष्टले १० हजार ९५३ मत प्राप्त गरे ।

प्रदेश सभा निर्वाचनमा बैतडी (क) मा कुल ४० हजार १५५ मत खसेको थियो । यो क्षेत्रमा नेकपा एकिकृत समाजवादीलेसमेत प्रदेशमा उम्मेदवारी दिएको थियो । नेकपा एकिकृत समाजवादीका नरेन्द्र विष्टले दुई हजार १९४ मत प्राप्त गरेर चौथो स्थान प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार