३ जेष्ठ २०८१, बिहीबार

एकीकृत समाजवादीको प्रदेशमा दोस्रो जीत : कञ्चनपुर क्षेत्र नं. ३ (क) बाट रावल फेरि विजयी




धनगढी / एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल कञ्चनपुर क्षेत्र नं. ३ (क) बाट दोस्रो पटक प्रदेश सभामा विजयी भएका छन् ।

उनी ८ हजार ७१८ मत पाएर विजयी भएका हुन । उनका प्रतिद्धन्दी नेकपा (एमाले) को सर्मथनमा उठेका राप्रपाका धर्मराज जोशीले ६ हजार ८५८ मत पाएका छन् । यस्तै गरेर सत्तारुढ गठवन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नेता टेकेन्द्र भट्टले ६ हजार ९५ मत पाए । भट्ट २०६४ मा संविधान सभामा विजयी भएका नेता हुन ।

निर्वाचित रावल प्रतिद्धन्द्धी जोशी भन्दा यसपटक १६३२ बढी मत ल्याएर विजयी भए । उनले २०७४ मा वामगठवन्धनबाट एमालेको उम्मेदवार हुँदा ६२ मतले चुनाव जितेका थिए ।

रावलले आफूले प्रदेश सभा सदस्य र मन्त्री भएपछि विकास निर्माणमा धेरै काम गरेकोले जितेको बताए । उनी समाजवादीको कलम चिन्हबाट उम्मेदवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार