२ जेष्ठ २०८१, बुधबार

एकीकृत समाजवादीको प्रदेशमा पहिलो जीत : कैलाली क्षेत्र नं. ४ ( क) मा सोडारी फेरि विजयी



दीर्घबहादुर सोडारी मन्त्री, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ७


धनगढी/ एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी दोस्रो पटक प्रदेश सभामा विजयी भएका छन् ।

उनी १३ हजार ४७९ मत पाएर विजयी भएका हुन । उनका प्रतिद्धन्दी नेकपा (एमाले) भीमबहादुर देउवाले ९ हजार ४२३ मत पाएका छन् । यस्तै गरेर नागरिक उन्मुक्ती पार्टीका राजेन्द्र देवकोटाले ५ हजार ९४१ मत पाए ।

सो क्षेत्रमा ३२ हजार २८४ मत खसेकोमा ३० हजार ५६१ मत सदर भएको थियो ।

सोडारी यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट एमालेको उम्मेदवारका रुपमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार