२ जेष्ठ २०८१, बुधबार

प्रतिनिधि सभामा एकीकृत समाजवादीको तेस्रो जीत : बझाङमा जोशी विजयी




धनगढी / बझाङबाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भानुभक्त जोशी निर्वाचित भएका छन् ।

उनी नेकपा (एमाले) का उम्मेदवार ऐन महरलाई ९९८ मतान्तरले पछि पार्दै विजयी भएका हुन ।

जोशीले २८ हजार १४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ऐन महरले २७हजार १४५ मत पाए ।

एक लाख २२ हजार ३७६ मतदाता रहेको बझाङमा ६१ हजार ५०६ जनाले मतदान गरेका थिए । तीमध्ये ५८ हजार ४७ मत सदर भएको छ भने तीन ४५९ मत बदर भएको छ ।

पूर्व वनमन्त्री समेत रहेका जोशीले बझाङबाट तेस्रो पटक जीत हासिल गरेका हुन । उनी २०५१ र २०६४ समेत नेकपा (एमाले) बाट विजयी भएका थिए । २०४८ सालमा भने उनी पराजीत हुनु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार