२ जेष्ठ २०८१, बुधबार

कैलाली क्षेत्र नं. ४ मा वलायर विजयी



धनगढी / कैलाली क्षेत्र नं. ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति ५७ वर्षीय वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

बलायरले २६ हजार १७१ मत पाएर विजय हाँसिल गरे । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट २२ हजार ५८७ मत पाएर पराजित भए ।

विगतमा डोटीबाट चुनाव लड्दै आएका बलायर यसपटक कैलालीबाट उम्मेदवार भएका थिए ।

यसअघि, बलायरले २०७० को संविधान सभाको निर्वाचन डोटीबाट जितेका थिए डोटीबाट जीतेपछि उनी मन्त्री पनि भएका थिए ।

पराजित हुनु भएका भट्टले भने कैलाली ४ बाटै २०६४ र २०७४ को निर्वाचन जितेका थिए । २०७० को निर्वाचनमा उनी नेपाली कांग्रेसका दीर्घराज भाटसंग पराजित भएका थिए ।

नेता भट्ट २०६४ पछि पटकपटक मन्त्री भइसकेका छन् । भट्ट २०४८ मा पनि तत्कालिन संयुक्त जनमोर्चाबाट चुनाव उठेर पराजीत भएका थिए ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार