११ बैशाख २०८१, मंगलवार

प्रतिनिधि सभामा आलेको ह्याटिक



धनगढी / डोटीमा प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन्।

बिहीबार बिहान मतगणना सम्पन्न हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित भएका हुन्। उनी लगातार तेस्रो पटक विजयी भएका हुन । यसअघि डोटीबाटै २०७० र २०७४ मा पनि उनी एमालेबाट विजयी भएका थिए ।

उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराएका छन्। आलेले २७ हजार २१० मत प्राप्त गरे।

एमालेकी ओलीले २३ हजार चार मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९ मत पाए। राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत पाए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार