२ जेष्ठ २०८१, बुधबार

प्रतिनिधि सभामा सुदूरपश्चिमबाट कांग्रेसको तेस्रो जीत : कञ्चनपुरमा–३ मा लेखक विजयी




महेन्द्रनगर/ कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेका केन्द्रीय सदस्य पूर्वमन्त्री रमेश लेखक विजयी भएका छन् ।

लेखकले एमाले पोलिटव्युरो सदस्य तथा राप्रपासंगको तालमेलकी उम्मेदवार निरुदेवी पाललाई १२ हजार ७५ मतले पछााडि पारे । लेखकले ३० हजार ५४४ र पालले १८ हजार ४४८ मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले दुई हजार २८ र स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार ४३ मत प्राप्त गरे । १२ जना उम्मेदवार रहेका यस क्षेत्रमा अरु उम्मेदवारले एक हजार मत कटाउन सकेनन् । यस क्षेत्रमा तीन हजार ६९९ मत बदर भएका छन् ।

९७ हजार ८२२ मतदाता रहेको यो क्षेत्रमा ५७ हजार ९५५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार