३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभामा एमालेको पहिलो जीत : डोटी प्रदेश सभा १ मा मल्ल विजयी




धनगढी / डोटी प्रदेशसभा १ बाट नेकपा (एमाले)का उम्मेदवार चक्र मल्ल विजयी भएका छन्।

उनी एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित हुने पहिलो उम्मेदवार हुन ।

मल्ल लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रस डोटीका सभापति नरेन्द्रबहादुर सिंह भन्दा ४५० मत बढी पाएर विजयी भएका हुन्।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४ हजार ८२९ मत पाएका छन्।

मल्ल २०७४ को चुनावमा कांग्रेसका भरत खड्कासित पराजीत भएका थिए ।

सो क्षेत्रमा हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन्। प्रदेश ‘१’मा ३३ हजार ३२२ मत खसेको थियो। जसमा एक हजार ९१९ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार