२ जेष्ठ २०८१, बुधबार

मन्त्री सोडारी फराकिलो मतले अगाडि




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी कैलाली क्षेत्र नं. ४ को प्रदेश सभा १ बाट फराकिलो मतले अगाडि छन ।

यसअघि झिनो मतले अगाडि रहेका सोडारी मंगलबार रातिदेखि फराकिलो मतले अगाडि छन् । सोडारी प्रतिद्धन्द्धीभन्दा २२८० मतले अगाडि छन् ।

नेकपा (एकीकृत समाजवादी) का नेता समेत रहेका सोडारीले ९ हजार ३३९ र एमालेका भीमबहादुर देउवाले ७ हजार ५९ मत र्पाएका छन् ।

सोडारी २०७४ मा पनि एमालेबाट सोही क्षेत्रबाट विजयी भएका थिए ।

क्षेत्र नं. ४ को प्रदेश सभा १ का चुरे, गोदावरी र मोहन्यालका पाँच वडाको गणना भइसकेको छ । यस्तै गौरीगंगाका १ देखि ६ वडासम्मको गणना पनि सकिएका छन् । भने अव ७, ८, ९, १० र ११ नम्वर वडाको मतगणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार